प्रधानमन्त्री कप भलिबलको तेस्राे खेलमा आर्मीकाे पहिलाे जीत
काठमाण्डाै – नवौं प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा पुरुषतर्फ त्रिभुवन आर्मी क्लबले मणिमुकुन्द भलिबल क्लबलाई हराएकाे छ ।
पोखरा रङ्गशालाको कभर्ड हलमा आज भएको खेलमा आर्मीले मणिमुकुन्दलाई ३–२ काे सेटमा हरायाे । आर्मीकाे तेस्राे खेलमा याे पहिलो जीत हाे । मणिमुकुन्दको यो तेस्रो खेलमा दोस्रो हार हो ।
प्रतियोगितामा पुरुषतर्फ अहिले गण्डकी प्रदेश र नेपाल पुलिस क्लब खेलिरहेका छन् । याे खेलपछि हेल्प नेपाल स्पाेर्ट्स क्लब र नेपाल एपीएफ क्लब तथा सुदूरपश्चिम प्रदेश र काेशी प्रदेश खेल्दैछन् ।
नेपाल भलिबल सङ्घको आयोजनामा आउँदो १५ गतेसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ । सबैले एकअर्कासँग खेलेपछि अङ्क तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्नेछन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिक्रिया