गौरादहका किसानको पीडा: बीउमा डुबियो, चैते धानले ढाड सेक्यो
जेबि खड्का
गौरादह/किसानलाई आफु किसान भएकाे अनुभुती गर्दै किसान भएकाेमा गर्व गर्न पाउनु पर्ने वातावरण सरकारले बनाउनु पर्ने किसानहरुले माग गरेका छन। किसान संघर्ष समिति गौरादह -८ ले आईतवार अरुणाेदय आधारभूत बिद्यालयमा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा किसानहरुले खेती गरेर सबैलाई बाच्ने वातावरण तयार गरेपनि त्यही किसान आज मारमा परेकाे उनीहरुले बताएका छन। किसानहरुले दुख मेहनत गरेर उत्पादन गरेकाे बालीले उचित मूल्य नपाएकाे किसानले गुनासाे गरेका छन। कृषि प्रधान देशमा किसाननै मारमा पर्नु दुखदायी भएकाे गुनासाे गरेका छन। चार्डबाड नजिकीदा बजार अनुगमन गर्ने स्थानीय सरकार किसानले उत्पादन गरेकाे बालीले उचित मूल्य नपाउदा पनि वास्ता नगरेकाे किसानकाे भनाइ छ। किसानले नगदे बालीका रुपमा चैते धान फलाउने गरेपनि धान भुसकाे मुल्यमा बिक्रि गर्नुपरेकाे बताएका छन।धानबाट छुटाएर निकालिने भुसकाे बराबर धानकाे इज्जत नभएकाे किसानकाे भनाइ छ। किसान संघर्ष समितिका अध्यक्ष ईन्द्र प्रसाद पाेख्रेलले पत्रकार सम्मेलनमा उत्पादन अनुदान कार्यक्रमकाे क्षेत्र बिस्तार र बजेट ब्यबस्थापनकाे सुनिश्चितता हुनुपर्ने, सरकारले ताेकेकाे मूल्य पाउनुपर्ने, मल बीउ बिषादी समयमा पाउनुपर्ने, ट्याक्टर जाेताईकाे दररेट खेतबारीमा प्रयाेग गरिने दररेट न्युनतम कायम हुनुपर्ने, कृषि सिचाइ महसुल पुरै छुट हुनुपर्ने, बाली बिमाकाे कार्यक्रम स्थानीय सरकारले अनिवार्य लागू गर्नुपर्ने, तौलमा ठगी गर्ने कृतिम कालाेबजारी र ठगी गर्ने दलाल र उद्योगीहरु पहिचान गरि कानुनी कार्यवाही गर्नुपर्ने माग राखेर किसानहरु आन्दोलन गरिरहेका छन। केही दिन अगाडि देखि प्लेकार्ड सहित चक्काजाम गरेर आन्दोलन गरिरहेका किसानले बिराेध स्वरुप २६ गते घरआगनमा राँकाे बाल्ने, २७ गते ८ बजे देखि ८.३० सम्म बत्ती निभाउने र २९ गते प्लेकार्ड सहित गौरादहमा राँके जुलुस निकाल्ने समृद्ध जुराेपानी कृषि सहकारी संस्थाका अध्यक्ष खेमराज अधिकारीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन। पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले पत्रकारहरुले राखेका जिज्ञासाकाे जवाफ दिएका थिए।
प्रतिक्रिया