टिकटकर रमा बस्नेत पक्राउ
१ असार, काठमाडौं । टिकटकर रमा बस्नेत पक्राउ परेकी छिन् । प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीको टोलीले बस्नेतलाई पक्राउ गरेको हो ।
उनले टिकटकमार्फत प्रतिष्ठित व्यक्ति तथा संस्था लक्षित तथ्यहिन विषयहरु प्रस्तुत गरेको पाइएको ब्युरोले जनाएको छ ।
आइतबार पक्राउ परेकी उनलाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर साइबरर अपराध कसुरमा अनुसन्धान अघि बढेको जनाईएको छ ।
प्रतिक्रिया