मन्त्री देवेन्द्र दाहाल टर्कीको इस्तानबुल प्रस्थान
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल टर्कीको इस्तानबुल प्रस्थान गरेका छन्। उनले ग्लोबल ट्रान्सपोर्ट कनेक्टिभिटी फोरम २०२५ मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। यो फोरम जुन २७ देखि २९ सम्म आयोजना हुनेछ।उक्त फोरममा मन्त्री दाहालले जुन २७ मा भूपरिवेष्ठित राष्ट्रहरूबाट भूजडीत प्रयासमार्फत क्षेत्रीय विकासका रणनीतिक अवसरहरूबारे प्रस्तुति दिनेछन्।कार्यक्रममा विभिन्न देशका मन्त्रीहरू, उच्चस्तरीय नीति निर्माताहरू, अन्तर्राष्ट्रिय र वित्तीय संस्थाका प्रतिनिधिहरू, उद्योग क्षेत्रका अगुवाहरू, निजी क्षेत्र र विज्ञहरू सहभागी हुनेछन्। फोरममा अन्तर्राष्ट्रिय यातायात मार्गहरूको विकास र अभिवृद्धिका लागि उच्चस्तरीय छलफल हुनेछ।मन्त्री दाहाल जुन ३० मा नेपाल फर्कने कार्यतालिका रहेको छ।
प्रतिक्रिया