गौरादहमा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक मोटरसाइकल र्याली र Pull Up प्रतियोगिता
गौरादह, १३ असार, २०८२ – सारथी युवा क्लब र मशल वर्कशप गौरादहको संयुक्त आयोजना तथा इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गौरादहको समन्वयमा मशल वर्कशपको दोस्रो वार्षिकोत्सवको अवसरमा लागूऔषध दुर्व्यसनविरुद्ध सचेतनामूलक मोटरसाइकल र्याली र खुला स्तरीय Pull Up प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। समाजमा बढ्दो लागूऔषध दुर्व्यसनबाट युवाहरूलाई टाढा राखी समाज रूपान्तरण गर्ने उद्देश्यले आयोजित यो कार्यक्रममा स्थानीय युवाहरूको उत्साहजनक सहभागिता रह्यो।उक्त कार्यक्रममा आयोजित Pull Up प्रतियोगितामा ३८ जना प्रतियोगीहरूले भाग लिएका थिए। प्रतियोगितामा शुभम निरौलाले प्रथम, सन्देश कोइरालाले द्वितीय र अनिश दाहालले तृतीय स्थान हासिल गर्न सफल भए। साथै, कार्यक्रममा सबैभन्दा ज्येष्ठ उमेरका सहभागी ७० वर्षीय श्याम सुन्दर चौधरीलाई सम्मानस्वरूप सान्त्वना पुरस्कार प्रदान गरियो।आयोजकले युवाहरूलाई प्रोत्साहन गर्न र कार्यक्रमलाई सफल बनाउन उपस्थित सबैप्रति हार्दिक आभार व्यक्त गरेका छन्। विशेष गरी इलाका प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय गौरादहको सम्पूर्ण टिमप्रति बिशेष आभार प्रकट गरिएको छ।'लागूऔषध दुर्व्यसन हामी सबैको साझा समस्या हो। यसको न्यूनीकरण हामी सबैको जिम्मेवारी र कर्तव्य हो। सबै मिलेर हातेमालो गरौं', आयोजकले भने। यो कार्यक्रमले स्थानीय समुदायमा लागूऔषधविरुद्ध जनचेतना फैलाउन र युवाहरूलाई सकारात्मक बाटोतर्फ डोर्याउन महत्त्वपूर्ण योगदान पुर्याएको छ।
प्रतिक्रिया