मोडेल क्याम्पस दमकमा +२ विद्यार्थीको आकर्षण
दमक, झापा — झापाको शैक्षिक केन्द्रको रुपमा चिनिएको मोडेल क्याम्पसमा पछिल्लो समय विद्यार्थीहरूको चाप उल्लेख्य रुपमा बढ्न थालेको छ। विगतमा भन्दा यस वर्ष बढी संख्यामा विद्यार्थीहरू भर्ना हुन थालेपछि क्याम्पस व्यवस्थापन उत्साहित देखिएको छ।
साइन्स, कम्प्युटर साइन्स, म्यानेजमेन्ट, एजुकेसन, ह्युमानिटिज तथा कानुन जस्ता विषयमा +२ तहमा अध्यापन हुँदै आएको मोडेल क्याम्पसले २०५३ सालदेखि नियमित रुपमा कक्षा सञ्चालन गर्दै आएको हो। अहिले क्याम्पसले स्नातक तहमा BCA, BBS, B.Ed र BA जस्ता कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष काजीमान बुढाथोकीका अनुसार, अत्याधुनिक पूर्वाधार र अनुभवी शिक्षक–प्राध्यापकहरू मार्फत हुने गुणस्तरीय पठनपाठन नै विद्यार्थी आकर्षणको प्रमुख कारण हो। क्याम्पसमा अत्याधुनिक साइन्स ल्याब, उच्चस्तरीय कम्प्युटर ल्याब, शान्त र आरामदायी पुस्तकालय तथा विद्युतीय शिक्षण प्रविधिको व्यवस्था गरिएको छ।
"सस्तो, गुणस्तरीय र अनुशासित शैक्षिक वातावरण चाहिने अभिभावक र विद्यार्थीहरूको रोजाइ मोडेल क्याम्पस हुँदै गएको छ", अध्यक्ष बुढाथोकी बताउँछन्। उनका अनुसार नियमित गाडी सुविधा, समयमै नतिजा प्रकाशन, अतिरिक्त क्रियाकलापमा सहभागीता तथा विद्यार्थीको व्यक्तित्व विकासमा समेत ध्यान दिने क्याम्पसको विशेषता हो।
स्थानीयबासीका अनुसार, दमक क्षेत्रकै पुरानो र विश्वासिलो कलेजको रुपमा स्थापित मोडेल क्याम्पसले शिक्षा क्षेत्रमा लगातार सुधार गर्दै आएको छ।
यदि तपाईं आफ्ना सन्तानलाई उपयुक्त शैक्षिक संस्था खोज्दै हुनुहुन्छ भने मोडेल क्याम्पस दमक–५, झापा एउटा उत्कृष्ट विकल्प बन्न सक्छ। थप जानकारीका लागि ०२३–५८०६५५ वा ०२३–५८१६५५ मा सम्पर्क गर्न सकिन्छ।
प्रतिक्रिया