माघ २८ २०८२, मंगलबार

साफ यू–१७ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई २–१ ले हरायो

साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले शानदार प्रदर्शन गर्दै भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको छ। भुटानको थिम्पुमा शुक्रबार साँझ सम्पन्न खेलमा घरेलु टोलीले पहिलो हाफमै अग्रता लिएको भए पनि नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन अंक बटुल्न सफल भयो।
Ads

काठमाण्डौ – साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले शानदार प्रदर्शन गर्दै भुटानलाई २–१ गोल अन्तरले पराजित गरेको छ। भुटानको थिम्पुमा शुक्रबार साँझ सम्पन्न खेलमा घरेलु टोलीले पहिलो हाफमै अग्रता लिएको भए पनि नेपालले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै तीन अंक बटुल्न सफल भयो।

खेलको ४२औँ मिनेटमा भुटानले गोल गर्दै अग्रता लिएको थियो। तर, दोस्रो हाफमा नेपालको आक्रमण तीव्र बनेको थियो। ५८औँ मिनेटमा साहारा लिम्बुले बराबरी गोल गरिन् भने ७६औँ मिनेटमा पुनः साहाराकै दोस्रो गोलमार्फत नेपालले अग्रता कायम गर्‍यो। खेलको बाँकी समय गोलरहित रहँदा नेपाल २–१ ले विजयी भयो।

Ads

यसअघि नेपाल पहिलो खेलमा भारतसँग ७–० गोल अन्तरले पराजित भएको थियो। भुटानविरुद्धको जितसँगै नेपालले प्रतियोगितामा पहिलो तीन अंक जोडेको छ।

अब नेपालले आइतबार (भदौ ११ गते) बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा नेपाल, भारत, भुटान र बङ्गलादेश गरी चार टोली सहभागी छन्। प्रतियोगिता डबल राउन्ड–रोबिन लिगका आधारमा सञ्चालन भइरहेको छ र लिगको शीर्ष स्थानमा रहने टोली नै विजेता घोषित हुनेछ।

Ads

नेपालले भदौ १३ गते भारतसँग दोस्रो चरणको खेल खेल्नेछ भने भदौ १५ गते भुटानसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार