वैशाख ०९ २०८३, बुधवार

नेपालबाट दैनिक ११३० मेगावाट विद्युत् निर्यात, इतिहासकै ठूलो उपलब्धि

बर्खे याममा उत्पादन बढेपछि नेपालले हालसम्मकै सबैभन्दा धेरै ११३० मेगावाट विद्युत् भारत र बंगलादेशलाई निर्यात गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका अनुसार यो ऐतिहासिक उपलब्धि हो ।
Ads

काठमाडौं । बर्खे याममा उत्पादन बढेपछि नेपालले हालसम्मकै सबैभन्दा धेरै ११३० मेगावाट विद्युत् भारत र बंगलादेशलाई निर्यात गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काका अनुसार यो ऐतिहासिक उपलब्धि हो ।,

हालको दरमा निर्यात निरन्तर कायम रहे नेपालले वार्षिक झन्डै ८६ अर्ब ३८ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सक्ने मन्त्री खड्काले जानकारी दिएका छन् । यसरी नेपालबाट वार्षिक करिब नौ अर्ब ९० करोड युनिट बिजुली बिक्री हुने अनुमान गरिएको छ ।

Ads

सरकारले ऊर्जा मार्गचित्र–२०८१ अनुसार सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको छ । त्यसमा १५ हजार मेगावाट निर्यात गर्ने योजना छ, जसअनुसार भारतलाई १० हजार र बंगलादेशलाई पाँच हजार मेगावाट निर्यात गर्ने उल्लेख छ ।

भारत र बंगलादेशसँग हालसम्म १,१४०.७ मेगावाट निर्यात गर्ने सम्झौता भएको छ । बंगलादेशलाई दैनिक ४० मेगावाट बिजुली पठाइँदै आएको छ भने बाँकी भारततर्फ निर्यात भइरहेको छ । गत साउन अन्त्यमा भारतसँग थप २०० मेगावाट निर्यात गर्ने सहमति पनि भएको थियो ।

Ads

आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४६ करोड रुपैयाँ बराबरको बिजुली निर्यात गरेको छ । यो अघिल्लो वर्षको तुलनामा धेरै हो । सो अवधिमा नेपालले १२ अर्ब ९२ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको थियो । यसरी निर्यात आयातभन्दा करिब ४ अर्ब ५४ करोड बढी हुँदा विद्युत्मा नाफा देखिएको छ ।

नेपालले पहिलोपटक बंगलादेशमा व्यावसायिक रूपमा डलरमा विद्युत् निर्यात सुरु गरेको छ । ढल्केबर–मुजफ्फरपुर ४०० केभी लाइन हुँदै भारतको एनटिपिसी विद्युत् व्यापार निगममार्फत बंगलादेशसम्म आपूर्ति भइरहेको छ ।

Ads

विशेषज्ञहरूको भनाइमा विद्युत् निर्यात बढ्नु नेपालका लागि व्यापार घाटा घटाउने, विदेशी मुद्रा आम्दानी बढाउने र ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा ठूलो कदम हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार