बुन्डेसलिगा : बायर्न म्युनिखले औग्सबर्गलाई ३-२ ले हरायो
काठमाडौं । जर्मन बुन्डेसलिगामा बायर्न म्युनिखले औग्सबर्गलाई रोमाञ्चक खेलमा ३-२ ले पराजित गरेको छ।
पहिलो हाफमै बायर्नले उत्कृष्ट खेल प्रदर्शन गर्दै अग्रता बनायो। २८औं मिनेटमा हेरी केनको क्रसलाई सेर्ज ग्नाब्रीले हेडमार्फत गोल गर्दै टोलीलाई १-० को अग्रता दिलाए। त्यसपछि इन्ज्युरी समयमा कोनराड लाइमरको पासमा लुइस डायाजले गोल गर्दै अन्तर दुईगुणा बनाए।

दोस्रो हाफ सुरु भएको तीन मिनेटमै माइकल ओलिसेले गोल गर्दै अग्रता ३-० पुर्याए। तर त्यसपछि औग्सबर्ग खेलमा फर्कने प्रयासमा जुट्यो। ५०औं मिनेटमा क्रिस्टियान याकिकले गोल गर्दै अन्तर घटाए भने ७६औं मिनेटमा साचा बोयले क्लियर गर्न नसकेको बललाई मर्ट कोमुरले गोल गरेपछि खेल ३-२ मा झरेको थियो।
औग्सबर्गले बराबरीको गोल खोजे पनि अन्तिम क्षणसम्म सफल भएन। खेलको अन्त्यतिर साचा बोय र फेलहाउरबीच टाउको ठोक्किँदा फेलहाउर घाइते भए र उनलाई स्ट्रेचरमार्फत मैदान बाहिर लगिएको थियो।

प्रतिक्रिया