माघ ०१ २०८२, बुधवार

सन्दीपको ५ विकेटसँगै नेपालले कतारमाथि रोमाञ्चक जित दर्ता

Ads

२७ असोज, काठमाडौं । सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनमा नेपालले आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्स चरणमा कतारमाथि ५ रनको रोमाञ्चक जित दर्ता गरेको छ।

नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याउँदै आएको कतार १९.५ ओभरमा १४२ रनमै अलआउट भएको थियो। कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५ चौका र ३ छक्कासहित ५५ रन बनाए भने जुबेर अलीले ५२ रनको योगदान दिए। तर अन्य ब्याटरबाट उल्लेखनीय सहयोग नपाउँदा टोली हार व्यहोर्न बाध्य भयो।

Ads

नेपालका लागि सन्दीप लामिछानेले ४ ओभरमा २३ रन दिएर ५ विकेट लिए। नन्दन यादवले २ तथा दीपेन्द्रसिंह ऐरीले १ विकेट हात पारे। खेलमा दुई महत्वपूर्ण रनआउट — दीपेन्द्र र आदिल अन्सारीका नाममा — नेपालको पक्षमा निर्णायक बने।

यसअघि टस हारेर ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहित पौडेलको अर्धशतकको मद्दतमा २० ओभरमा ९ विकेट गुमाउँदै १४७ रन जोडेको थियो। रोहितले ४१ बलमा ५ चौका र २ छक्कासहित ५८ रन बनाए। दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ रन थपे भने गुलशन झाले ८ बलमा १६ रनको तेज पारी खेले।

Ads

कतारका लागि कप्तान मिर्जा बेगले ४ ओभरमा २९ रन दिएर ३ विकेट लिए भने डानियल लुइसले पनि ३ विकेट हात पारे। मुहम्मद असिमले १ विकेट लिए।

यसअघि नेपालले सुपर सिक्सको पहिलो खेलमा यूएईलाई पराजित गरेको थियो।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार