मंसिर ०२ २०८२, सोमबार

आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक

Ads

काठमाडौं ।
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ८५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा तोकिएको छ। युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८८ रुपैयाँ १६ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९५ पैसा छ। स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ।

Ads

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ५० पैसा र बिक्रीदर ९१ रुपैयाँ ८९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७९ पैसा र बिक्रीदर १०१ रुपैयाँ २२ पैसा तोकिएको छ। त्यसैगरी सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा रहेको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ३३ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १९ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।
साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ८० पैसा र बिक्रीदर ३७ रुपैयाँ ९६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ९० पैसा र बिक्रीदर ३९ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ।

Ads

त्यसैगरी, थाइ भाट एकको खरिददर चार रुपैयाँ ३२ पैसा र बिक्रीदर चार रुपैयाँ ३४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८ रुपैयाँ ७६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६६ पैसा तोकिएको छ।
साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८८ पैसा र बिक्रीदर नौ रुपैयाँ ९३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १४ रुपैयाँ ९२ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २२ रुपैयाँ ०३ पैसा कायम गरिएको छ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ २४ पैसा र बिक्रीदर १८ रुपैयाँ ३१ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ४६३ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर ३७६ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६९ पैसा, र ओमानी रियाल एकको खरिददर ३६८ रुपैयाँ २४ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ।

Ads

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

राष्ट्र बैंकले तोकेको यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दरमा सानो फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने बैंकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार