माघ ०१ २०८२, बुधवार

गौरिगंजमा १०९ जना रास्वपामा पार्टी प्रवेश

Ads


गौरिगंज, झापा ।
झापा क्षेत्र नं–५ अन्तर्गत गौरिगंजमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा १०९ जना नागरिकले पार्टी प्रवेश गरेका छन् ।
पार्टी प्रवक्ता मनिष झा, केन्द्रीय सचिवालय सदस्य सोबिता गौतमलगायत विभिन्न केन्द्रीय विभाग, प्रदेश समिति, जिल्ला समिति, पालिका समिति तथा स्थानीय जनसमुदायको उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वक्ताहरूले पछिल्लो समय रास्वपाप्रति जनआकर्षण बढ्दै गएको उल्लेख गर्दै झापा क्षेत्र नं–५ मा राजनीतिक नेतृत्व परिवर्तनको चाहना बलियो बन्दै गएको बताएका छन् । कार्यक्रममा बालकदेखि वृद्धसम्मको सहभागिता देखिएको थियो ।
पार्टीका अनुसार नागरिकहरू स्वस्फूर्त रूपमा पार्टीमा आवद्ध भएका हुन् । कार्यक्रम शान्त र व्यवस्थित रूपमा सम्पन्न भएको जनाइएको छ ।
उक्त कार्यक्रमले क्षेत्रको राजनीतिक गतिविधिमा नयाँ गतिशीलता थपेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार