प्रदेशसभा सदस्य त्यागेर निर्वाचन लडेका सिटौला झापा-४ मा पाँचौ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट झापा क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका भक्ति प्रसाद सिटौला ले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा लज्जास्पद पराजय व्यहोरेका छन्।
उनी पाँचौं स्थानमा रहेर २ हजार ८० मत मात्र प्राप्त गर्न सकेका छन् र जमानतसमेत गुमाएका छन्। विजेता राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले ४३ हजार ६३१ मत ल्याएर जित हासिल गरेका थिए।
लामो समय कांग्रेस राजनीतिमा सकृय रहि राप्रपा प्रवेश गरेका सिटौलालाई यो निर्वाचनमा राप्रपाले झापा-४ मा उम्मेदवार बनाएको थियो। पहिले उनी २०७९ को प्रदेशसभा निर्वाचनमा झापा-४ (२) बाट राप्रपाबाट नै विजयी भएका थिए (१९ हजार ४४५ मत)। उनी संसदीय निर्वाचन लड्नकैलागि प्रदेशसभा सदस्य त्यागेर आएका थिए ।

उम्मेदवार परिचय अनुसार उनी ६४ वर्षीय पुरुष हुन्, शैक्षिक योग्यता स्नातक छ र उक्त निर्वाचनमा उनले कुल २ हजार ८० मत प्राप्त गरेका छन्।
यस पटकको प्रतिनिधिसभा निर्वाचनमा भने उनको प्रदर्शन निकै कमजोर रह्यो।

प्रतिक्रिया