रवि लामिछानेलाई आज अदालतमा उपस्थितीमा गराइदै
उनलाई पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।शुक्रबार साँझ पार्टी कार्यालयबाट पक्राउ परेका लामिछानेलाई थप अनुसन्धानका लागि म्याद थप गर्न कास्की जिल्ला अदालतमा उपस्थित गराइनेछ। शनिबार अदालत बन्द रहेकाले उनलाई आइतबार मात्रै उपस्थित गराइन्छ।आइतबार म्याद थप गरेपछि प्रहरीले लामिछानेलाई बयानका लागि आमन्त्रण गर्ने र अनुसन्धान प्रक्रिया अघि बढाउनेछ। अनुसन्धान पूरा भएपछि जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतमा मुद्दा दर्ता हुने प्रक्रिया हुनेछ।लामिछानेलाई कारागारमा राखेर अदालती प्रक्रिया अघि बढाउने कि पुर्पक्षका लागि कारागार पठाउने भन्ने थुनछेक बहस हुनेछ। थुनछेक आदेशमा फैसला गरिनेछ कि लामिछानेलाई कारागारमा राख्ने कि बाहिर बसेर मुद्दा लड्न दिने।संसदीय छानबिन विशेष समितिले लामिछानेलाई सहकारी बचत अपचलनमा संलग्न भएको निष्कर्ष निकाल्दै सरकारसमक्ष अनुसन्धानको सिफारिस गरेको थियो।
प्रतिक्रिया