श्रावण १५ २०८२, बिहिबार

सहकारी अपचलन प्रकरणमा रवि लामिछानेलाई अर्को धक्का: रूपन्देही अदालतबाट पनि पक्राउ अनुमति

Ads

 

काठमाडौं – सहकारी संस्थाको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई अर्को झट्का लागेको छ।

Ads

कास्की जिल्ला अदालतले थुनामा राख्ने म्याद थपेको दिनै रूपन्देही जिल्ला अदालतले अर्को सहकारी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ। सुप्रिम सहकारीको रकम अपचलनको विषयमा अनुसन्धान गर्न रूपन्देही अदालतले अनुमति दिएको हो।

Ads

रूपन्देही जिल्ला अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीका अनुसार सुप्रिम सहकारीसँग सम्बन्धित सङ्गठित अपराध र ठगीको आरोपमा अनुसन्धान गर्न रवि लामिछानेसहित १२ जनालाई पक्राउ गर्ने अनुमति जारी भएको छ।

लामिछानेमाथि परेका यी निरन्तर कानुनी झट्काहरूले सहकारी अपचलनको मुद्दा थप जटिल र व्यापक बनाएको छ। अहिलेको अनुसन्धान र कानुनी प्रक्रिया रवि लामिछानेका लागि चुनौतीपूर्ण साबित हुने देखिन्छ। फाइल तस्बिर 

प्रतिक्रिया

सम्बन्धित समाचार