सूर्यदर्शन सहकारी ठगी प्रकरण: तनहुँका रामबहादुर खनाल पक्राउ
काठमाडौँ – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सूर्यदर्शन सहकारीको रकम ठगीमा संलग्न रहेको आरोपमा अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–८ निवासी ४८ वर्षीय रामबहादुर खनाल रहेका छन्।
सीआईबीका प्रवक्ता होविन्द्र बोगटीका अनुसार खनाललाई आज काठमाडौँको पानीपोखरी क्षेत्रबाट पक्राउ गरिएको हो ।
रामबहादुर खनाल नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक हुन्। साथै, उनी जीबी राई सञ्चालक रहेको गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका पनि शेयरधनी हुन्। प्रहरीका अनुसार उनीमाथि सूर्यदर्शन सहकारीमा ठगीको आरोप लागेको छ, जसले देशभरका धेरैलाई आर्थिक क्षति पुर्याएको थियो।
प्रहरीले यस प्रकरणमा अन्य संलग्नहरूको खोजी कार्यलाई तीव्रता दिएको छ। अनुसन्धानबाट ठगीको सम्पूर्ण वास्तविकता बाहिर आउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया