d

 सही समयमा सही निर्णय लिन नसक्दा पराजित हुनु पर्यो - कप्तान पौडेल 

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकप खेल्नका लागि अहिलेको टिम बेस्ट १५ रहेको बताएका छन्।


बिहीबार वेस्ट इन्डिज ए संगको चौथो खेलपछिको पोस्ट म्याचमा उनले अहिलेको अवस्थामा विश्वकप खेल्ने नेपालको टीम बेस्ट १५ रहेको बताएका हुन्।

बिहीबारको खेलमा खेलाइएको ११ खेलाडीहरुमा व्याटिङ र बलिङमा कमजोरी देखिएकाले यसलाई गर्दै अघि बढ्ने उनले बताए। त्यस्तै उनले मिडिल ओभरमा नेपाली टिममा पार्टनरसीपको कमि देखिएको बताए।


बिहीबार पराजित भएपछि वेस्ट इन्डिज ए ले उपाधि कव्जा गरेको थियो। पावर प्लेमा अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली दबाबमा परेको र सही समयमा सही निर्णय लिन नसक्दा नजिता अर्को पक्षमा गएको कप्तान पौडेलले बताए। 

Views: