d

मोबाइल एपबाट कक्षा ११ र १२ को पढाई निःशुल्क !

Views:
कोरोनाभाइरसको महामारीका कारणले अहिले देशभरीका शैक्षिक संस्थाहरु बन्द छन् । यस्तो अवस्थामा विद्यार्थीहरुलाई आफ्नो अध्ययनलाई निरन्तरता दिन नेपाल इन्स्टिच्यूटले अनलाइन कक्षा (Online Kachhya) मोबाइल एपबाट कक्षा ११ र १२ को कोर्सहरु निःशुल्क पढाइरहेको छ । अब विद्यार्थीहरुले लकडाउनको अवधिभर मोबाइलमा एप डाउनलोड गरी निःशुल्क रुपमा अनलाइनबाट पढ्न सक्नेछन् । यही विषयमा रातोपाटीले नेपाल इन्स्टिच्यूटका संचालक तथा अनलाइन कक्षा प्रा.लि.का अध्यक्ष नरेन्द्र प्रसाद बिष्टसँग कुराकानी गरेको छ । अनलाइन कक्षा कस्तो प्रकारको एप्लिकेशन हो ? अनलाइन कक्षा ई–लर्निङ प्ल्याटफर्म हो । अनलाइन कक्षा मोबाइल एप र www.onlinekachhya.com वेबसाइटको प्रयोग गरी कक्षा ११ र १२ को सम्पूर्ण कोर्सहरु, मेडिकल, ईन्जिनियरिङ इन्ट्रान्स तयारी कक्षाहरु साथै कम्प्यूटर प्रोग्रामिङ कोर्सहरु निःशुल्क घरमा बसेर अध्ययन गर्न सकिन्छ । अनलाइन कक्षा कस्ता प्रयोगकर्ताहरुका लागि तयार पारिएको हो ? अनलाइन कक्षा सबै विद्यार्र्थी वर्गहरुलाई उपयोगी एप्लिकेशन हो । कोचिङ, ट्यूसनको लागि भौतारिएका विद्यार्थीहरुलाई अनलाइन कक्षा बरदान नै बनेको छ । प्रोफेसनल कोर्सहरु पनि प्रयोगात्मक रुपमा अनलाइनमा सिक्न मिल्छ । अनलाइन कक्षामा विद्यार्थी मात्र होइन, शिक्षक पनि बन्न सक्नुहुन्छ । तपाइसँग भएको ज्ञान, सिपलाई रेकर्ड गरेर अनलाइनबाट बेच्नपनि सक्नुहुन्छ । यो एउटा नलेज सेयरिङ प्ल्याटफर्म पनि हो ।
Views: