d

गौरादहमा वडा स्तरीय फुटबल प्रतियोगिता सुरु PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादहमा वडास्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ  । गौरादह नगरपालिका खेलकुद परिषदको आयोजनामा आयोजित फुटबल प्रतियोगिताको आज सोमबार एक औपचारिक कार्यक्रम बिच वडा नम्बर १ स्थित जनता मा. वि. को खेल मैदानमा समुद्घाटन गरिएको हो । 

आगामी महिना आयोजना हुने झापा गोल्ड कपको लागि खेलाडी छनौट गर्ने मुख्य उद्देश्यले वडास्तरीय फुटबल प्रतियोगिता आयोजना गरिएको नगर खेलकुद परिषदका सदस्य सचिव निर्मल बाँस्तोलाले बताए । 

जिल्ला समन्वय समिति झापा जिल्ला सदस्य कपिलमणी काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न समुद्घाटन सत्रमा नगर उपप्रमुख जलवर्षा राजवंशी, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई, १ नम्बर वडाध्यक्ष नगेन्द्र भण्डारी, वडा नम्बर ४ का वडाध्यक्ष दुर्गामणी बस्नेत, वडा नम्बर २ का वडाध्यक्ष गोपाल कोइराला लगायत  नगर खेलकुद परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो । 

नगरपालिकाको सामाजिक समितिका संयोजक तथा वडाध्यक्ष दुर्गामणी बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा परिषदका सदस्य नेत्र पोख्रेलले शुभकामना मन्तव्य राखेका थिए भने कार्यक्रमको संचालन परिषद सदस्य सचिब निर्मल बास्तोलाले गरेका थिए ।

आज सम्पन्न प्रथम चरणको खेलमा वडा नम्बर ७ लाई वडा नम्बर ९ ले १ का विरुद्ध ४ गोलले पराजित गरेको थियो भने दोश्रो चरणको खेलमा वडा नम्बर ६ र वडा नम्बर १ बिच भएको थियो । उक्त खेलमा वडा नम्बर १ ले वडा नम्बर ६ लाई १ का विरुद्ध २ गोलले पराजित गरेको थियो । 

प्रथम चरणको खेलमा वडा नम्बर ९ का नवीन श्रेष्ठ तथा दोश्रो चरणको खेलमा वडा नम्बर  १ का खेलाडी पासाङ लामा म्यान अफ द म्याच घोषित भए ।

भोलि मध्याह्न १२ बजे वडा नम्बर ३ र २ तथा अपरान्ह २:३९ बजेको खेल वडा नम्बर ५ र ८ बिच हुने आयोजकले जनाएको छ । 

त्यस्तै कार्तिक २२ गते साविक विजेता टिम वडा नम्बर १ सँग वडा नम्बर ४ ले खेल्नेछ ।

 प्रतियोगिताको फाइनल खेल कार्तिक २४ गते हुने बताइएको छ । 

Views: