d

वडास्तरीय खेलकुदमा वडा नम्बर २ र ५ विजयी PARDAPHAS.COM

Views:

 

झापा:  गौरादह नगरपालिका खेलकुद परिषदको आयोजनामा आयोजित फुटबल प्रतियोगिताको आज दोश्रो दिन दुई वटा खेल भएका छन् । 

निर्धारित समयभन्दा ढिलो सुरु भएको आजको पहिलो खेलमा वडा नम्बर ३ लाई वडा नम्बर २ ले ० का विरुद्ध ३ गोलले पराजित गरेको छ । भने अपरान्ह भएको दोश्रो खेलमा वडा नम्बर ५ ले वडा नम्बर ८ लाई ० का विरुद्ध ७ गोलले पराजित गरेको छ  । 

आजको म्यान अफ द म्याच वडा नम्बर २ का जर्सी नम्बर १० र वडा नम्बर ५ का जर्सी नम्बर १० कै खेलाडीले प्राप्त गरेको निर्णायक टिमका सदस्य तारा सुब्बाले जनाए ।

जिल्ला समन्वय समिति झापा जिल्ला सदस्य कपिलमणी काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न आजको खेलमा वडा नम्बर २ का वडाध्यक्ष गोपाल कोइराला, वडा नम्बर ३ का वडाध्यक्ष दिलिप भण्डारी लगायत  नगर खेलकुद परिषदका सदस्यहरुको उपस्थिति रहेको थियो ।  

भोलि हुने क्वाटर फाइनलको खेल साविक विजेता टिम वडा नम्बर १ सँग वडा नम्बर ४ ले खेल्नेछ । उक्त खेल मध्याह्न १२ बजे सुरु हुनेछ ।
त्यस्तै अपरान्ह ३ बजे वडा नम्बर २ र वडा नम्बर ९ बिच सेमिफाइनल खेल हुनेछ । 

छनौट प्रतियोगिताको फाइनल खेल कार्तिक २४ गते हुने नगर खेलकुद परिषदका सदस्य सचिब निर्मल बाँस्तोलाले बताए ।

Views: