d

सवारी दुर्घटनामा १ को मृत्यु ३ घाइते

Views:

झापाको गौरादह नगरपालिका- २ स्थितमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

आज दिउँसो १२ बजे गौरादह गौरीगंज सडक खण्डमा उतरबाट दक्षिणतर्फ जादै गरेको सिटिलाई सोही दिशातर्फ जादै गरेको पिकअप गाडीले ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका सिटि चालक स्थानीय ५२ बर्षीय रघुनाथ काफ्लेलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक लगिएकोमा उनको बाटोमै मृत्यु भएका हो ।

दुर्घटनामा परी घाईते भएका सिटीमा सवार गौरादह- ३ की ५५ बर्षीया रामा नेपाल र गौरादह- ४ की ४४ बर्षीया मेनुका भण्डारीको म्याडिम्याक्स अस्पताल गौरादहमा उपचार भई रहेको छ भने पिकअप चालक गौरीगंज – ८ का २६ बर्षीय राजेश महतोको दमक अस्पताल दमकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । सिटिमा सवार भएका २ जना मध्ये १ जनाको अवस्था सामान्य रहेको अन्य एक जनालाइ थप उपचारका लागि निम्स अस्पताल दमक लगिएको जनाइएको छ ।

अन्दाजी दिउँसो १२ बजेको समयमा गौरादह डिपु चोकबाट यात्रीहरुलाई गौरादह ३ बरगाछी तर्फ लाँदै गर्दा पानी कम्पनी बेलाको गाडीले पछाडीबाट ठक्कर दिँदा सफारी चालक गौरादह वडा नं.२ भोजपुरे टोल निवासी रघुनाथ काफ्लेको निधन भएको बताइएको छ ।

गौ नपा ५३ नम्बरको सिटी र पिकअप अस्थायी नम्बर २५३ आपसमा ठोकिएकाे गौरादह ट्राफिक प्रमुख लक्ष्मी ओझाले जानकारी दिए । घटनाको बारेमा थप बिवरण आउन बाकी रहेको प्रहरीले बताएको छ । हाल घट्ना स्थल मुचुल्का उठाई थप अनुसन्धान प्रक्रिया अघि बढिसकेको जनाईएको छ ।

Views: