d

प्याब्सनले आयोजना गर्यो अन्तर विद्यालय स्तरीय सांस्कृतिक तथा गायन प्रतियोगिता PARDAPHAS.COM

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

झापा: गौरादह नगर प्याब्सनको आयोजनामा प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सुरु भएको छ । गौरादह १ स्थित ज्ञानज्योति मा. वि. परिसरमा दुई दिवसीय प्रतियोतात्मक सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो । 
आज सम्पन्न भएका विधाहरुमा राष्ट्रिय गानमा आधारित नृत्य तथा गायनकला प्रस्तुत गरिएको थियो । 

आयोजित प्रतियोगिताबाट विद्यार्थीहरुमा रहेको क्षमता राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा प्रस्फुटन गराउन मद्धत पुग्ने आयोजकको विश्वास छ । 


प्रतियोगितामा नगरभरिका प्याब्सन आवद्ध बिद्यालयका छात्रछात्राहरुको सहभागिता रहेको छ । 
झापाका १५ वटै पालिकामा एकैसाथ आज र भोलि एउटै विधाका कार्यक्रमहरु संचालन भईरहेको समेत उक्त अवसरमा जानकारी गराइएको थियो । 

संविधानसभा सदस्य दिपक कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा कार्कीले सांगीतिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्ने प्याब्सनको खुलेर प्रसंसा गरे । पढाईका अतिरिक्त समय समयमा आयोजना हुने यस प्रकारका कार्यक्रमले बिद्यार्थीको क्षमता अभिवृद्धि हुनुका साथै उनीहरुमा देशभक्ति भावना जागृत हुने बताए । 
संविधानको पालना गर्नु सबै नागरिकको कर्तव्य भएको फरक प्रसंग जोड्दै कार्कीले संविधान विरोधी कृयाकलाप बढ्दै जानू गलत भएको जिकिर गरे । 

प्याब्सन झापा जिल्ला सहसचिव भवानी प्रसाद पाठकले प्याब्सनले राष्ट्रियगान नृत्य, मोर्डन नृत्य र परम्परागत नृत्य प्रतियोगिता एकैसाथ आयोजन गर्ने नेपालको एकमात्र संगठन  भएको जिकिर गरे । 

'हामीले हरेक वर्ष एकैसाथ तीन वटा महत्त्वपूर्ण प्रतियोगिताहरु संचालन गरेका छौँ, यो वास्तवमै गौरव गर्ने विषय हो।', पाठकले भने ।

नगरबाट प्रथम भएका प्रतियोगीहरुले जिल्लामा भाग लिन पाउने र जिल्लाबाट केन्द्रिय प्रतियोगितामा समेत सोझै सहभागीता जनाउन सक्ने आयोजकको भनाइ छ ।

'अघिल्ला वर्षहरूमा प्रतियोगितात्मक कार्यक्रमहरु जिल्ला मै सिमित हुने गरेको थियो ।  यस पटकबाट स्थानीय तहमा उत्कृष्ट छनौट भएका विद्यार्थीहरु जिल्ला हुँदै केन्द्र सम्म पुग्ने छन्।', पाठकको भनाई रहेको छ । 

आज सम्पन्न राष्ट्रियगान नृत्यमा माउन्ट एभरेष्ट प्रथम, ज्ञानज्योति द्वितीय तथा न्यु भिजन र सुर्यकिरण तृतीय भएका छन् भने गायन सिनियर तर्फ गोल्डेन सनराईज प्रथम, ज्ञानज्योति द्वितीय तथा माउन्ट एभरेष्ट तृतीय भएका छन् । त्यसैगरी जुनियर तर्फ हाइ हिमालय फाउन्डेसन प्रथम, माउन्ट एभरेष्ट द्वितीय तथा सुरज शिक्षा प्रतिष्ठानका विद्यार्थी तृतीय भएका छन् । 

भोलि आइतबार जुनियर तथा सिनियर साँस्कृतिक नृत्य प्रतियोगिता हुने बताइएको छ  ।  

आज उत्कृष्ट भएका प्रतियोगीहरुलाई मेडल, ट्रफी तथा प्रमाणपत्र वितरण गरिएको थियो । 

नगर प्याब्सन अध्यक्ष बाबुराम तिम्सिनाको सभापतित्वमा सम्पन्न कार्यक्रमको औचित्य माथि कोषाध्यक्ष गणेश बहादुर कार्कीले प्रकाश पारेका थिए भने नगर सचिब कुमार पौडेल कार्यक्रम संचालन गरेका थिए । 

Views: