d

सेतुमारीमा मंसिर २७ देखि पुष ३ सम्म फुटबल प्रतियोगिता हुने

Views:
Responsive Image Gallery
Responsive Image Gallery

२२ मंसिर, दमक ।
झापाको दमक १० सेतुमारीमा इन्द्रेणी कप नकआउट फुटबल प्रतियोगिता २०८० आयोजना हुने भएको छ ।

स्थानीय इन्द्रेणी युवा क्लबको आयोजनामा मंसिर २७ गतेदेखि पुष ३ गतेसम्म सेतुमारी खेलमैदानमा प्रयोगिता सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष सुवास सुवेदीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

No description available.

 

दमक १० को पर्यटकीयस्थल इन्द्रेणी ताल परिसरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता बारे जानकारी दिँदै अध्यक्ष सुवेदीले भने –‘मानव स्वास्थ्य सचेतना, खेलकुद क्षेत्रको विकास, युवा पुस्तालाई लागु औषधको कुलतबाट जोगाउने र स्थानीय पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेर प्रतियोगिता आयोजना गर्न लागेका हौं ।’ प्रतियोगताका लागि टाइटल स्पोन्सर खोजी गरिएको भन्दै सुवेदीको भनाइ छ । ‘हामीले दुई लाख सहयोग गर्ने दाताको नाम यस प्रतियोगिताको सुरुमा उल्लेख गर्ने निर्णय गरेका छौं । टाइटल स्पोन्सको खोजी जारी छ’, उनले भने ।

दमक १० मा इन्द्रोण्ी युवा क्लबले इन्द्रेणी ताल संरक्षणलगायत विविध सामाजिक कार्य गर्दै आएको जानकारी दिँदै दमक १० का वडा अध्यक्ष राजेन्द्र भण्डारीले युवा पुस्तालाई खेलकुदको क्षेत्रमा आकर्षित गर्ने र प्रोत्साहित गर्ने कार्यमा वडा कार्यालयले सक्दो सहयोग गर्ने बताए । ‘क्लवका माध्यमबाट स्थानीय युवा साथीहरुको सामाजिक योगदानमा हामी वडाका तर्फबाट उत्साह थप्न तयार छौं’, उनले भने ।

कार्यक्रममा बोल्दै स्थानीय सामाजिक व्यक्तित्व रोहित राई र क्लबका संस्थापक अध्यक्ष नगेन्द्रमणि न्यौपानेले प्रतियोगितामा सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नुपर्नेमा जोड दिएका थिए ।

चार लाख ९५ हजार खर्च हुने अनुमान गरिएको प्रतियोगितामा झापा र मोरङका गरी स्थानीयस्तरका १२ वटा टीमले सहभागिता जनाउने छन् ।

प्रतियोगिता सम्पन्न गर्न दमक नगरपालिकाले एक लाख, वडा नम्बर १० कार्यालयले ५० हजार सहयोग गर्ने बताइएको छ । क्लबले देउसीभैलो खेलेर जम्मा गरेको ६० हजार छ सय २२ सहित दुई लाख २० हजार अन्य दाताबाट सहयोग प्राप्त गरिने अनुमान गरिएको प्रतियोगितामा सहभागी टीम शुल्क बापत ६६ हजार संकलन भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रतियोगिताको प्रथम पुरस्कार वापतको ५० हजार स्वर्गीय मुगाधन राई, स्वर्गीय श्रीमती कृष्णकुमारी राई र मार्शलआर्टका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय राष्ट्र राईको स्मृतिमा रोहित राईले उपलब्ध गराएका छन् ।

त्यस्तै, दोस्रो पुरस्कारको लागि पुरुषोत्तम भट्टराईले ३० हजार उपलब्ध गराएका छन् भने अनुशासित टीमको पुरस्कारको लागि १५ हजार स्वर्गीय मुगाधन राई, स्वर्गीय श्रीमती कृष्णकुमारी राई र मार्शलआर्टका अन्तर्राष्ट्रिय खेलाडी स्वर्गीय राष्ट्र राईको स्मृतिमा रञ्जन राईले उपलब्ध गराउने बताइएको छ । ट्रफी, मेडल तथा अन्य सामाग्री काठमाडौंमा पि क्युब जर्सी पसल सन्चालन गर्दै आएका इन्द्रेणी युवा क्लबका सदस्य प्रेम बस्नेतले सौजन्य गरेका छन् ।

प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः नगद राशी ५० हजार र ३० हजारसहित ट्रफी, मेडल र प्रमाण्पत्र प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा सहभागी मध्ये अनुशासित खेल खेल्ने टिमलाई नगर १५ हजारसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

व्यक्तिगततर्फ प्रतियोतिाका सर्वोत्कृष्ट खेलाडी, गोल किपर, डिफेन्स, अधिक गोलकर्ता र प्लेयर अफ दी म्याचलाई ट्रफी प्रदान गरिने छ ।

प्रतियोगिताको उद्घाटनमा स्थानीय राजनीतिक दल र सञ्चारकर्मीबीच मैत्रीपूर्ण खेल आयोजना गरिने क्लबले जनाएको छ ।

Views: