d

गौरादह खानेपानीको १५ औं वार्षिक साधारणसभा सम्पन्न

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

जेबि खड्का गौरादह/ गौरादह खानेपानी तथा सरसफाइ उपभोक्ता समितिकाे १५ औं बार्षिक साधारणसभा सम्पन्न भएकाे छ। पन्चेस्वर देवालय मन्दिरकाे सभाहलमा सम्पन्न साधारणसभामा प्रमुख अतिथि संबिधान सभा सदस्य दिपक कार्कीले साधारणसभाकाे उद्घाटन गरेका थिए। साधारणसभाकाे उद्घाटनपछि संबिधान सभा सदस्य कार्कीले गौरादह खानेपानीले गौरादह क्षेत्रमा  नागरिकहरुलाई सुद्द खानेपानीकाे सेवा पुर्याउन सफल भएकाेमा संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए। खानेपानी उपभाेग गर्ने उपभोक्ता पनि सुद्व खानेपानी उपभाेग गर्ने बारेमा चनाखाे हुनुपर्ने धारणा राखेका थिए। साधारणसभामा खानेपानी संस्थाका अध्यक्ष तथा साधारणसभाका सभापति नगेन्द्र कार्कीले संस्थाकाे बार्षिक प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए।कार्कीद्वारा प्रस्तुत प्रतिबेदनमा गौरादह खानेपानी संस्थाले साबिक गौरादहमा सुद्व खानेपानीको सेवा दिदै आएकाेमा यश आर्थिक बर्षबाट गौरादह नगरपालिकाकाे वडा नं ४ र९ तथा कमल गाउँपालिकाकाे वडा नं -१ मा खानेपानी बिस्तार गर्ने प्रस्ताव गरेका छ।संस्थाका लेखा संयाेजक किसाेर कुमार पौडेलले लेखा सुपरिवेक्षण समितिकाे प्रतिबेदन प्रस्तुत गरेका थिए भने पौडेल द्वारा नै काेषाध्यक्षकाे प्रतिबेदन समेत प्रस्तुत गरिएको थियो।

 

उक्त प्रतिवेदन प्रस्तुत गर्दै पौडेलले  संस्थाले गत आर्थिक बर्षमा १ कराेड ३६ लाख ३० हजार ४ सय ८८ आम्दानी गर्न सफल भएकाे जानकारी गराएका थिए। संस्थाकाे गत आर्थिक बर्षमा ९६ लाख ४ हजार ८४ रुपैया खर्च भएकाे जानकारी गराएका थिए। संस्थामा ४० लाख २६ हजार ४ सय ४ रुपैया बचत रहेकाे प्रतिबेदन प्रस्तुत गरेका थिए। साधारणसभामा उपस्थित सदस्यहरुलाई चिठ्ठा कार्यक्रमबाट पहिलाे ,दाेस्राे र तेस्राे हुनेलाई पुरस्कार बितरण गरिएकाे संस्थाकि कर्मचारी सरस्वती दाहालले जानकारी गराईन। साधारणसभाका अवसरमा गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदी , पुर्ब मेयर राेहित कुमार शाह , खानेपानी डिभिजन कार्यलय झापा प्रमुख बिकाश काफ्ले र गौरादह नगरपालिका वडा नं -३ का वडाध्यक्ष दिलिप भण्डारी लगायतले शुभकामना मन्तब्य राखेका थिए। खानेपानी संस्थाकि उपाध्यक्ष सीता कुमारी कार्कीले स्वागत मन्तब्य राखेकाे कार्यक्रममा सचिब जगत अधिकारीले कार्यक्रमकाे संचालन गरेका थिए

Views: