d

भण्डारीको बिदाईमा जब बिद्यार्थीहरु भक्कानिए .....

Views:
Responsive Image Gallery
Responsive Image Gallery

 

स्कुलचौन मा. वि. का प्रधानाध्यापक  बाबुराम भण्डारी सेवा निवृत्त भएका छन् । आज विद्यालय परिसरमा आयोजित एक औपचारिक कार्यक्रम मार्फत प्रअ भण्डारीको विदाइ गरिएको हो । 

शैक्षिक धरोहरको रूपमा परिचीत भण्डारीको विदाई सँगै गुरु प्रसाद भण्डारी प्रधानाध्यापकको जिम्मेवारीमा रह्ने छन् । 

बिदाई कार्यक्रममा आफ्ना मन्तव्य राख्दै निवर्तमान प्रअ भण्डारीले आफुले औपचारिक रूपमा बिद्यालयबाट अवकाश लिए पनि आफुले सेवा गरेको विद्यालयलाई कहिल्यै नविर्सने बताए । 

'मेरो उपस्थिति फरक ढंगको होला तर नङ र मासु जोडिएको यस बिद्यालयलाई म चटक्कै माया मार्न सक्दिन, कम्तीमा हप्ताको दुई पटक म यो बिद्यालयमा आउने छु।', बिदाई समारोहमा बोल्दै भण्डारीले भनेका थिए । 

बिदाई समारोहका प्रमुख अतिथि तथा गौरादह नगरपालिकाका नगर  प्रमुख छत्रपति सुवेदीले प्रअ भण्डारीको खुलेर प्रसंसा गर्दै भण्डारीको कार्यकाल बिद्यालयको लागि स्वर्णिम काल भएको बताउदै आर्थिक पारदर्शीतामा भण्डारीलाई अनुकरणीय उदाहरण मान्नुपर्ने बताए । 
'नगरले पठाएको बजेटको पूर्ण सदुपयोग भएको बिद्यालय मध्ये स्कुलचौन मा. वि. को नाम अग्रस्थानमा देखिएको छ । आर्थिक पारदर्शिताको वहाँ एक अनुकरणीय उदाहरण हुनुहुन्छ । ', सुवेदीले भने ।

गौरादह वडा नम्बर ५ स्कुलचौनमा रहेको स्कुलचौन मा. वि. ग्रामीण क्षेत्रमा रहेर पनि अभुतपुर्व चर्चा पाएको बिद्यालय हो । कुशल प्रशासनिक क्षमता रहेका भण्डारीले बिद्यालयमा प्रअको जिम्मेवारी प्राप्त गरे सँगै बिद्यालयको शैक्षिक क्षेत्रको बिकासमा अमुल्य योगदान दिएको विषय चर्चा योग्य छ । 

'बाबुराम सरलाई मैले असाध्यै मिस गरेको छु । वहाँ कसैको आँखामा राख्दा पनि नबिजाउने खालको अत्यन्तै सहयोगी र सबै सँग मिल्ने खालको शिक्षक हुनुहुन्थ्यो ।', बिदाई समारोहमा गहभरी आँसु पार्दै कक्षा १० कि एक छात्रा बिद्यार्थीले भनिन् 
। त्यसो त कार्यक्रममा उपस्थित कुनै पनि विद्यार्थीका आँखा नरसाएका थिएनन् । 

बिद्यालयद्वारा आयोजित बिदाई समारोहमा नगर उप-प्रमुख जलवर्षा राजवंशी, वडाध्यक्ष जगन्नाथ खनाल, नेकपा एमाले नगर अध्यक्ष मित्रदेव काफ्ले, नेपाली कांग्रेस वडा सभापति ताराकुमार श्रेष्ठ,  बिद्यालयका पुर्व प्रअ नेत्र थापा तथा पुर्व बिद्यार्थीका तर्फबाट हिमशिखर टेलिभिजनकि कार्यक्रम प्रस्तोता रुपा बुढाथोकी लगायतले बिदाई मन्तव्य राखेका थिए । 

बिद्यालय व्यवस्थापन समिति अध्यक्ष रमेश खरेलको सभापतित्वमा सप्पन्न कार्यक्रमको सञ्चालन स्कुलचौन मा. वि. का शिक्षक तथा साहित्यकार खगेन्द्र न्यौपानेले गरेको स्थानीय समाजसेवी तारा कुमार श्रेष्ठले बताए । 

Views: