माघ २३ २०८१, बुधवार

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विकास निर्माणका काममा निगरानी बढाउन आग्रह

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको विकास निर्माणका काममा निगरानी बढाउन आग्रह
Ads

 

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकास निर्माणका काममा निगरानी बढाउन आग्रह गरेका छन् । शनिबार बुटवलस्थित लुम्बिनी प्रदेशिक अस्पतालमा भवनको  शिलान्यास गर्दै उनले कामको गुणस्तरमा विशेष ध्यान दिँदै निगरानी बढाउन सबैमा आग्रह गरेका हुन्।

Ads

धेरै वर्षपछि सम्मका लागि ध्यान दिएर बुटवलमा १२ सय शैय्याको अस्पतालको विकासका लागि जुटेको पनि उनले बताए। प्रदेश सरकारको गौरवको आयोजनाका रुपमा अगाडि बढाइएको अस्पतालको विकासका लागि अब बन्ने भवन महत्वपूर्ण रहेकाले सरोकारवालाहरुले विशेष ध्यान दिएर समयमै गुणस्तरीय कामका साथ सम्पन्न गर्नुपर्नेमा विशेष ध्यान दिनुपर्नेमा पौडेलले जोड दिए । त्यस्तै उनले भवन निर्माणसगै जनशक्ति तथा उपकरणको व्यवस्थापनमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

रुपन्देहीको विकासका लागि बजेटको कमी हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै विकासको नमुनाका रुपमा हरेक क्षेत्रको विकासमा लागि पर्ने बताए। रुपन्देहीको विकाससँग जोडिएका महत्वपूर्ण सडक आयोजनादेखि सिद्धबाबा सुरुङ मार्गको कामका बारेमा चर्चा गर्दै उपप्रधानमन्त्री पौडेलले कामको गुणस्तरमा जोड दिएका हुन् ।

Ads

रुपन्देहीलाई देशकै नमुना जिल्ला बनाउन विभिन्न महत्वपूर्ण योजनाहरु अगाडि बढेको चर्चा गर्दै उनले थप के के गर्नुपर्छ भन्नेमा  सुझाव दिन अनुरोध गर्दै विकास निर्माणका लागि राजनीतिभन्दा माथि उठेर अगाडि बढ्ने बताए । यहाँको विकासका लागि कामको वर्गिकरण गरेर सबै लागि पर्नुपर्नेमा जोड दिँदै विकासमा नागरिक निगरानी बढाउनुपर्ने बताए ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रादेशिक अस्पताल शिलान्यास समारोह लुम्बिनी प्रदेशको लागि खुसीको क्षण भएको  भन्दै यो आयोजनालाई उच्च प्राथमिकतामा राखेर प्रदेश सरकारले चालु आर्थिक वर्षमा एक अर्ब ८० करोडको बजेट विनियोजन गरेको बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार