तीज विषेश कार्यक्रम सहित विनायक सहकारीको साधारणसभा सम्पन्न
साधारणसभा तीज विषेश कार्यकर्ता सहित सम्पन्न भएको छ । अध्यक्ष शान्तिराम पौडेलद्वारा प्रस्तुत १२ औं प्रतिवेदन पारित गर्दै साधारणसभा सम्पन्न गरिएको हो ।
१२ औं प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पौडेलले ३ करोड ३५ लाख २३ हजार २ सय ४१ रुपैयाँ बराबरको कुल पुँजी रहेको जानकारी गराएका थिए । कुल ४७७ शेयर सदस्य रहेको यस संस्थाको यसवर्षको खुद नाफा ५२ लाख ७२ हजार ४ सय ३९ रुपैयाँ रहेको देखिन्छ ।
संस्थाको मिलनचोक स्थित कार्यालय परिसरमा आयोजित साधारणसभामा संस्था सञ्चालक, शेयर सदस्य लगायतको उपस्थिति रहेको थियोे ।
अध्यक्ष पौडेलको सभापतित्व, संस्था उपाध्यक्ष भानु ढुंगानाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन सचिब सोम उप्रेतीले गरेका थिए ।
प्रतिक्रिया