माघ २३ २०८१, बुधवार

देउवाले बोलाए पदाधिकारी बैठक

उपसभामुखको विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । एक पदाधिकारीका अनुसार सभापति देउवाले बुधबार बिहान बुढानीलकण्ठस्थित निवासमा पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।
Ads

 

सत्तारूढ दलको सोमबारको बैठकमा प्रधानमन्त्री केपी ओलीले उपसभामुखको विकल्प खोज्नेबारे अन्य दलको धारणा मागेपछि देउवाले पदाधिकारी बैठक आह्वान गरेका हुन् ।

Ads

सत्तारूढ दलको बैठकमा देउवा बोलेका थिएनन् । बैठकमा उपसभापति धनराज गुरुङकको नाम सहकारी प्रकरणमा जोडिएको विषयमा समेत छलफल हुने बताइएको छ ।

कांग्रेसले बैठकबाट अविश्वासको प्रस्तावका विषयमा निर्णय लिनेछ । त्यसअघि मंगलबार नै आफ्ना सांसदको हस्ताक्षरसमेत संकलन गरिसकेको छ । एक सांसदका अनुसार संसद् बैठकलगत्तै संसद् भवनमै सांसदहरूको हस्ताक्षर संकलन गरिएको थियो । ‘पार्टीको निर्देशन मान्नैपर्ने हुन्छ । हामीले प्रस्तावमा हस्ताक्षर गरिसकेका छौँ,’ ती सांसद्ले नयाँ पत्रिकालाई भने ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार