निर्वाहमुखी कृषिलाई निर्यातमुखी बनाउनु आजको आवश्यकता हो - मुख्यमन्त्री कार्की
नेपाल उद्योग व्यापार महासंघ कोशी प्रदेशले मोरङको कटहरीको कृषि थोक बजारमा आयोजना गरेको चार दिने कृषि एक्स्पोको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सरकारको आवधिक योजनाको मुख्य उद्देश्य र नीति तथा कार्यक्रम बजेटमा कृषि क्षेत्रको उत्पादन वृद्धि केन्द्रीत रहेको जानकारी दिनुभयो ।
उहाँले प्रदेशको २०८१ देखि ८५ सम्मको दोस्रो पञ्चवर्षिय योजननामा कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई विशेष प्रोत्साहन दिने नीति लिएको जानकारी दिनु भयो । मुख्यमन्त्री कार्कीले नीजी क्षेत्रको सहकार्यमा यही वर्ष हुने लागानी सम्मेलनमा प्रदेश सरकारले राखेका एक सयवटा कृषि, उद्योग, पर्यटन , सूचना प्रविधि र जलश्रोत जस्ता योजनामा स्वदेशी तथा विदेशी लगानीकर्ताको आकर्षण हुने विश्वास व्यक्त गर्नुभयो । मुख्यमन्त्री कार्कीले किसान र निजी क्षेत्रलाई एक ठाउँमा ल्याई कृषि उत्पादन बढाउनका साथै यान्त्रीकरण गर्न एक्स्पो कोषेढुंगा सावित हुने बताउनुभयो । उहाँले भन्नुभयो “लगानीको सुनिश्चिता र कृषि आधुनिकीकरणका लागि यस्ता अवसर सहयोगी हुन्छन् । प्रदेश सरकारले कोशी प्रदेशलाई कृषि हबको रुपमा विकास गर्नसमेत कार्ययोजना अघि बढाएको छ ।” मुख्यमन्त्री कार्कीले किसानका लागि बैंक ब्याजमा अनुदान, यान्त्रीकरणमा सहयोग र कृषि उद्योग संचालनमा सहयोग गरिरहेको र यसलाई निरन्तरता दिइएको समेत जानकारी दिनुभयो ।
महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउत, उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, स्विस कन्ट्याक्टका टिम लिडर रिमा श्रेष्ठ , कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले कृषिमा नीजि क्षेत्रलाई आकर्षित गरि निर्यात गर्न सकिने धारणा राख्नु भएको थियो । एक्स्पोमा १३० बटा स्टलमा कोशी प्रदेश, भारतको विहार र वङ्गालका नविनतम कृषि औजार यन्त्र, प्रविधिको प्रदर्शन, उन्नत जातका पशुपंक्षी, पर्यावरणमैत्री ज्ञान, शिप र प्रविधि , कृषि विज्ञसंग छलफल , नयाँ नयाँ अनुसन्धान र परियोजनाको प्रस्तुती , कृषिपंक्षी तथा कृषि उपज प्रतियोगिता, खेतदेखि भान्साको अनुभव आदिको कार्यक्रम रहेको छ ।
एक्स्पोमा कृषिजन्य उत्पादनको प्रवद्र्धन र विस्तार, बजारीकरण, मूल्य अभिवृद्धि एवं रोजगारी सिर्जना गरी राष्ट्रिय अर्थतन्त्रमा सहयोग पु¥याउन एक्स्पोको आयोजना गरिएको आयोजकले जनाएको छ ।
प्रतिक्रिया