संवैधानिक परिषद्को बैठक कुनै निर्णय नगरी सकियो
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै हुनुहुन्छ । अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि हुन सकेको छैन ।
न्यायपरिषदले प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि वरिष्ठतम न्यायाधीश प्रकाशमानसिंह राउत, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, मनोज शर्मा, कुमार चुडालको नाम पठाइसकेको छ ।
हिजो परिषद बैठक बस्नुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले अस्ति कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बालुवाटारमा छलफल गर्नुभएको थियो । प्रचण्डले प्रधानन्यायाधीशसँगै संवैधानिक निकायका अरु रिक्त पदहरुको नियुक्तिको सिफारिस गर्दा राम्रो हुने सुझाव दिनुभएको छ । अहिले संवैधानिक परिषद्मा सरकार अल्पमतमा छ ।
प्रतिक्रिया