नेपालको संविधान विश्वकै उत्कृष्ट - लिला कट्टेल कार्की
भएको छ । नेकपा एमाले गौरादह नगरकमिटिको आयोजनामा संविधान दिवसका अवसरमा गौरादह डिपुचोकमा आयोजित द्विप प्रज्वलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा मन्तव्य राख्दै नेत्री कार्कीले यसो भन्नुभएको हो । वहाँले मुलुकमा चलेको लामो द्वन्द र राजनीतिक अस्थिरता पश्चात नेपाली जनता द्वारा लिखित संविधानको गहिरो अध्ययन गर्न सकेमात्र लोकतन्त्रले सार्थकता पाउने बताउनु भयो ।
अहिले साँझ आयोजित कार्यक्रममा नेपालको राष्ट्रिय झण्डा रेखांकन गरि द्विप प्रज्वलन गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका नगर पदाधिकारीहरु लगायत विभिन्न तहका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
गौरादह डिपुचोक लगायत ९ वटै वडामा एकैसाथ दिप प्रज्वलन गरिएको जनाइएको छ ।
प्रतिक्रिया