कोशीको योजना आयोगमा कांग्रेस कोटाबाट दुई जना सदस्य नियुक्त
विराटनगर – १० असोज, २०८१ बिहीबार, कोशी प्रदेश सरकारले प्रदेश योजना आयोगको सदस्यमा दुईजनालाई नियुक्त गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले सुनसरीको बराहक्षेत्र नगरपालिका ७ का नारायण कोइराला र विराटनगर महानगरपालिका ४ की प्रमिलाकुमारी गच्छदारलाई सदस्य पदमा नियुक्त गरेको हो।
दुवै नियुक्त सदस्य नेपाली कांग्रेसको कोटाबाट आएका हुन्। यसअघि बिहीबार बिहान धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेले योजना आयोगको सदस्य पदबाट राजीनामा दिएका थिए।
राजनीतिक नियुक्तिका कारणले योजना आयोगको नेतृत्व परिवर्तन भएको यो कदम प्रदेश सरकारको आन्तरिक व्यवस्थापनका लागि महत्वपूर्ण ठानिएको छ।
प्रतिक्रिया