माघ २३ २०८१, बुधवार

महारानीझोडा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारणसभा सम्पन्न

Ads


गौरादह, झापा – महारानीझोडा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, गौरादह-५ स्कुलचौनको २४औं वार्षिक साधारणसभा मंसिर २९ गते शनिबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मित्रदेव काफ्लेले अध्यक्षता गर्नुभएको यो कार्यक्रममा गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदी प्रमुख अतिथि रहनुभएको थियो। साथै, विभिन्न स्थानीय संघसंस्थाका प्रतिनिधिहरू र शेयर सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कुल २११८ शेयर सदस्यहरूमध्ये ६६.६३ प्रतिशत अर्थात् १४०९ जना शेयर सदस्यहरूको सहभागितामा यो सभा सम्पन्न गरिएको हो।

Ads

सभामा संस्थाको प्रगति विवरण, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम, र वित्तीय प्रतिवेदनमाथि व्यापक छलफल गरियो। आर्थिक वर्ष २०८१ आषाढ मसान्तसम्मको वासलात अनुसार संस्थाको कुल सम्पत्ति २० करोड ६६ लाख ३१ हजार ६७ रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको १७ करोड ९९ लाख ५१ हजार २ सय ६६ रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो।

बचत संकलन परिचालन:

Ads

संस्थाको मेरुदण्डको रूपमा रहेको बचत संकलनलाई निरन्तरता दिँदै, प्रति सदस्य मासिक १०० रुपैयाँको नियमित बचत कार्यक्रम सञ्चालन गरिएको छ। साथै, बाल बचत, वृद्ध बचत, र आवधिक बचतजस्ता विभिन्न बचत योजनाहरूलाई प्रोत्साहन दिइएको छ। गत आर्थिक वर्षमा तीन महिने आवधिक बचत खाता पनि सञ्चालनमा ल्याइएको थियो। संस्थाले दैनिक बचत संकलनलाई पनि निरन्तरता दिएको छ।

ऋण लगानी असुली:

संस्थाको नीतिअनुसार शेयर, बचत र संस्थागत पूँजीलाई परिचालन गर्दै, सदस्यहरूको माग बमोजिम ऋण लगानी गरिएको छ। गत आर्थिक वर्षमा मासिक किस्तामा व्यवसायिक ऋणको रूपमा २० लाख रुपैयाँसम्म ऋण लगानी गरिएको थियो। ऋण व्यवस्थापनको लागि व्यवस्थापकको संयोजकत्वमा समिति गठन गरी २ लाख रुपैयाँसम्मको ऋण सो समितिले स्वीकृति दिने र सेवा केन्द्रका लागि ३ लाख रुपैयाँसम्मको ऋण अनुमोदन गर्ने व्यवस्था गरिएको थियो।

२०८०/८१ मा ऋण उपसमिति, सेवाकेन्द्र उपसमिति, र व्यवस्थापन समितिको विभिन्न बैठकमार्फत् १० करोड ४ लाख ६९ हजार ४५६ रुपैयाँ ४३ पैसा ऋण लगानी गरिएको थियो भने ८ करोड ३१ लाख ७४ हजार ५७२ रुपैयाँ ४५ पैसा ऋण असुली गरिएको छ। यससँगै बाँकी १६ करोड ४७ लाख ८६ हजार ९९२ रुपैयाँ २४ पैसा लगानीमा रहेको जानकारी सभामा दिइएको थियो।

भाखा नाघेको ऋण:

संस्थाले समयमै ऋण असुलीका लागि विभिन्न स्मरण र आग्रह गर्दा पनि केही ऋणी सदस्यहरूले भाखा नाघेको ऋण तिर्न नसकेकोले उनीहरूलाई सम्पर्क गरेर ऋण भुक्तानीको लागि थप पहल गरिने कुरा अध्यक्षले जानकारी गराउनुभयो।

यो वार्षिक साधारणसभा मार्फत् संस्थाले आर्थिक र सामाजिक जिम्मेवारीलाई अझ मजबुत बनाउनका लागि नयाँ योजनाहरूलाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार