सुनको भाउले तोड्यो नयाँ कीर्तिमान, आज तोलामा १ लाख ६२ हजार चार रुपैयाँ
काठमाडौँ— सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। हिजो पनि उच्चतम मूल्यमा कारोबार भएको सुन आज थप महँगो भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ६२ हजार चार रुपैयाँ पुगेको छ।
हिजो सुनको मूल्य तोलामा एक लाख ६१ हजार आठ सय रुपैयाँ रहेको थियो। चाँदीको भाउ भने स्थिर रहँदै तोलामा एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
सुनको भाउ निरन्तर उकालो लागिरहँदा सुनचाँदी बजारमा चासो र सतर्कता बढेको छ। व्यापारीहरूले भाउको उतारचढावले लगानीकर्तामा असर पारेको र आम उपभोक्ताको लागि पनि चुनौतीपूर्ण स्थिति बनेको बताएका छन्।
प्रतिक्रिया