माघ २३ २०८१, बुधवार

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, के गर्ला निर्णय?

Ads

 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिस्थित केन्द्रीय कार्यालयमा आयोजना गरिएको छ। बैठकमा समसामयिक राजनीतिक परिस्थिति, आगामी कार्ययोजना, र हाल चलिरहेको आन्दोलनलाई कसरी प्रभावकारी बनाउने भन्नेबारे छलफल हुनेछ भन्ने जानकारी कार्यवाहक प्रवक्ता मनिष झाले दिएका छन्।

Ads

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, देशको आर्थिक संकट, र नागरिकहरूमा बढ्दो असन्तुष्टिलाई सम्बोधन गर्ने उपायहरूबारे पनि गम्भीर छलफल र निर्णय हुने अपेक्षा गरिएको छ।

रास्वपाले आफ्नो पार्टी सभापति रवि लामिछानेको पक्राउपछि आन्दोलनको कार्यक्रम अघि बढाएको छ। सभापति लामिछानेमाथि सहकारीको रकम अपचलनको आरोप लागेपछि गत शुक्रबार उनी पक्राउ परेका थिए। हाल उनी प्रहरी अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका छन्।

Ads

लामिछानेको पक्राउपछि रास्वपाले पोखरामा आन्दोलन सुरु गरेको थियो र अब काठमाडौंमा पनि आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको छ। यो बैठकले पार्टीको आगामी रणनीति र आन्दोलनको दिशा तय गर्ने ठानिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार