माघ २३ २०८१, बुधवार

राप्रपा संसदीय दलले आन्तरिक मामिला मन्त्रीको जापान भ्रमणप्रति गम्भीर आपत्ति जनाएको छ

Ads


कोशी प्रदेश, विराटनगर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेश संसदीय दलले कोशी प्रदेशका माननीय आन्तरिक मामिला मन्त्री लिला बल्लव अधिकारीको जापान भ्रमणमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ।

Ads

राप्रपा संसदीय दलका नेता भक्ति प्रसाद सिटौलाले मन्त्री अधिकारीको जापान भ्रमणको क्रममा ४८ घण्टासम्म जापान सरकारको अध्यागमनमा नियन्त्रणमा रहनु, नक्कली परिचयपत्रधारी श‌ङ्कास्पद व्यक्तिहरूलाई भ्रमणदलमा सामेल गराई मर्यादाविपरीत व्यवहार भएको भन्दै गम्भीर आपत्ति जनाएका छन्।

उनले यस्तो घटनाले नेपाल सरकार, नेपाली जनता, कोशी प्रदेश सरकार र सभासदहरूको गरिमामा धक्का पुगेको उल्लेख गरेका छन्। साथै, यस घटनाको निष्पक्ष छानबिन गरी सम्बन्धित व्यक्तिहरूलाई कानुनी कारवाही गर्न नेपाल सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार