नमूना टोल बिकासको देउसीमा रु १,२४,६०५ संकलन, संकलित रकम सामुदायिक हितमा खर्च गरिने
गौरादह-१, झापा – नमुना टोल विकास संस्थाले २०८१ सालको दिपावली अवसरमा गौरादह-१ मा सामूहिक देउसी भैली कार्यक्रमको आयोजना गरी रु १,२४,६०५ संकलन गरेको छ। सामाजिक एकता, सद्भाव, र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले सम्पन्न यस कार्यक्रमले स्थानीय बासिन्दाहरूलाई एकत्रित गराउँदै संस्कृति जगेर्ना र समुदायको आर्थिक सबलीकरणमा योगदान पुर्याएको छ।
आय-व्यय विवरण अनुसार, नगद संकलनबाट रु १,२१६०५ र धान तथा चामल विक्रीबाट रु ३,००० संकलन गरिएको थियो। खर्चतर्फ फ्लेक्स ब्यानर, माइक्रोफोन मर्मत तथा ब्याट्रीमा गरी रु ८४० मात्र खर्च गरिएको छ, जसअनुसार रु १,२३,७६५ संस्थाको बैंक खातामा जम्मा गरिएको छ। संस्थाले जनाएको छ कि यो रकम आगामी दिनमा समुदायको हितका लागि पारदर्शी रूपमा खर्च गरिनेछ।
स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई सभ्य र भव्य बनाएकोमा संस्थाले सम्पूर्ण सहभागीप्रति आभार व्यक्त गरेको छ।
प्रतिक्रिया