किन पक्राउ परे दुर्गा प्रसाईं ? यस्तो छ कारण
४ मंसिर, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो, भोटाहिटी पठाइएको छ।
आज बिहान भक्तपुरस्थित आफ्नो निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले वीर अस्पतालमा स्वास्थ्य परीक्षणपछि साइबर ब्यूरोमा पठाएको सीआईबीका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिएका छन्।
प्रवक्ता बोगटीका अनुसार प्रसाईंले प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष ओली लगायतका व्यक्तिहरूविरुद्ध भ्रामक प्रचार गरेका थिए। उनले कीर्ति कागज बनाएर प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोप लगाएको बताइएको छ।
यस घटनाले सामाजिक सञ्जालको प्रयोगमा जिम्मेवारी र कानुनी दायराका विषयलाई पुनः उजागर गरेको छ। प्रहरीका अनुसार घटनाको थप अनुसन्धान जारी छ।
प्रतिक्रिया