सत्तारुढ मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीच चीनसँग बीआरआईलाई अघि बढाउन सहमति
दुई दलको कार्यदलले आर्थिक सहकार्य, पूर्वाधार कनेक्टिभिटी परियोजना, व्यापार लगायतका क्षेत्रमा केन्द्रित भएर ‘बीआरआई सहकार्य फ्रेमवर्क’को मस्यौदा टुङ्गो लगाएको हो । चीनले प्रस्ताव गरेको ‘बीआरआई कार्यक्रम कार्यान्वयन सम्झौता’ मस्यौदामा परिवर्तन गर्दै कार्यदलले ‘बीआरआई सहकार्य फ्रेमवर्क’ राख्ने सहमति गरेको नेताहरुले बताएका छन् ।
मस्यौदामा नेपालले अनुदानमात्र स्वीकार गर्ने र त्यो पनि नेपालको आवश्यक र राष्ट्रिय आवश्यकतामा निहीत हुने उल्लेख छ । मस्यौदामा चीनले अघि बढाएको बीआरआई र नेपालले सात वर्षअघि हस्ताक्षर गरेको बीआरआई समझदारी पत्रमा उल्लेख गरिएको भन्दा पनि कुनै विशेष क्षेत्रहरुमा सहकार्य फ्रेमवर्क गर्नुपर्ने उल्लेख छ ।
नेपालले चीनसँग टोखा–खहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक, किमाथाङ्का–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाण्डौ सीमापार रेलमार्ग, काठमाण्डौ–हेटौँडा पोडवे, अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे प्रसारण लाइन, काठमाण्डौ उपत्यका प्रसारण लाइन स्तरोन्नति, मदन भण्डारी विश्वविद्यालय, काठमाण्डौ साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्टस् एन्ड एथलेटिक्स कम्प्लेक्स परियोजना प्रस्ताव गर्ने तयारी छ ।
प्रतिक्रिया