माघ २३ २०८१, बुधवार

महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही निर्वाचित हुनुभएको छ ।
Ads

तीन हजार एक सय २७ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत पाउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष शाही २०७४ सालको निर्वाचनमा एमालेको तर्फबाट अध्यक्ष पद जित्नुभएको थियो ।

Ads

२०७८ सालमा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीमा लाग्नुभएको थियो । स्थानीय तह उपनिर्वाचनको उम्मेदवारी दिने समयमै कात्तिक अन्तिम साता नेकपा एमालेमा प्रवेश गरी यो पदमा उम्मेदवार बन्नुभएको थियो । उहाँ २०५४ सालको स्थानीय निर्वाचनमा काँशीकाँध गाविसको उपाध्यक्ष निर्वाचित हुनुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित समाचार