माघ २३ २०८१, बुधवार

प्रधानमन्त्री ओली आएको बेला प्रदर्शनमा उत्रिएका १८ जना रास्वपा कार्यकर्ता गौरादहमा पक्राउ

Ads

 

झापा: प्रधानमन्त्री के पी ओली आएको मौका पारी उनको विरुद्ध प्रदर्शन गर्ने १८ जना रास्वपाका स्थानीय कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ  । पक्राउ पर्नेमा रास्वपाका नगर अध्यक्ष, सचिब, दमक नगर समिति सचिब लगायत १८ जनालाई पक्राउ गरि इलाका प्रहरी कार्यालय गौरिगञ्जमा राखिएको प्रहरीले जनाएको छ । 

Ads

प्रदर्शनकारीहरु भने शान्तिपूर्ण अवज्ञामा सडकमा निस्किएको बेला प्रहरीले धरपकट गरेको रास्वपा समर्थकहरु बताउछन् । 

प्रधानमन्त्री ओली गौरादह ५ स्थित स्कुलचौनमा स्थानीयवासीलाई लालपुर्जा वितरण गर्ने कार्यक्रम र गौरादह १ स्थित गौरादह बजारमा ताजपुरिया कल्याण परिषदले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न आएका थिए । 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार