रास्वपा कार्यवाहक सभापतिमा डि. पि. अर्याल
डीपी अर्याललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक सभापति तोकिएको छ। सोमबार, ८ पुस २०८१ मा जुममार्फत बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो। पार्टीका प्रवक्ता कविन्द्र बुर्लाकोटीका अनुसार संसदीय दलको नेता भने अझै चयन गरिएको छैन। हाल उपनेता विराजभक्त श्रेष्ठकै अध्यक्षतामा दलका बैठकहरू सञ्चालन हुनेछन्। दलको नेताबारे थप छलफलपछि मात्र निर्णय गरिने जानकारी प्रवक्ता बुर्लाकोटीले दिएका छन्।
यो निर्णयसँगै रास्वपामा नेतृत्व परिवर्तनका विषयले नयाँ बहस सुरू गरेको देखिन्छ।
प्रतिक्रिया