माघ २३ २०८१, बुधवार

संविधान संशोधनका लागि कार्यदल गठन गरिने तयारीमा एमाले मुख्यालय

Ads

प्रतिकात्मक तस्बिर 
पुस १०, २०८१ 

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले संविधान संशोधनको पहलस्वरूप कार्यदल गठन गर्ने निर्णय गरेको छ। ललितपुरस्थित च्यासलमा सम्पन्न सचिवालय बैठकले आगामी पुस २० र २१ गते आठौँ केन्द्रीय कमिटी बैठकको मिति तय गर्दै संविधान र संघीयता कार्यान्वयनको समग्र समीक्षा गर्ने जानकारी दिएको छ।

Ads

एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको समीक्षा, र पार्टीका उच्च तहमा भएका निर्णयहरूको अनुमोदनजस्ता विषयहरूमा छलफल गरिनेछ। साथै, सचिवालय बैठकले नेपाली कांग्रेससँगको सहकार्यमा पाँच महिनाभित्र सरकारले गरेका कामको प्रशंसा गरेको छ।

बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित भएर ऐन बन्ने प्रक्रियालाई अघि बढाएकोमा सन्तुष्टि व्यक्त गरिएको छ। ज्ञवालीले संविधान संशोधनका लागि कांग्रेस र एमाले नेताहरू सम्मिलित कार्यदल गठन गरिने जानकारी दिँदै संविधान कार्यान्वयन र त्यसका प्रभावहरूको समग्र समीक्षा गरिने बताए। 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार