माघ २३ २०८१, बुधवार

रवि लामिछानेको बयान आज हुने

Ads

 

पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज कास्की जिल्ला अदालतमा हुने भएको छ। उनी सहकारी ठगी, सम्पत्ति शुद्धीकरण, र संगठित अपराधको आरोपमा प्रहरी हिरासतमा छन्।

Ads

मंगलबार अदालतमा पूर्वडीआईजी छविलाल जोशीको बयान सकिएपछि लिला पछाई र रामबहादुर खनालसँग पनि बयान लिइएको थियो। रवि लामिछानेलाई भने मंगलबार दिनभर अदालत परिसरमै राखिएको थियो, तर बयान हुन सकेको थिएन।

सरकारी वकिल कार्यालय कास्कीले लामिछानेविरुद्ध ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ। सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाखभन्दा बढीको बिगो दाबी गरिएको छ।

Ads

बुधबार क्रिसमसको सार्वजनिक बिदा भएका कारण बयान आज हुने भएको हो। लामिछाने गत कात्तिक २ गते पक्राउ परेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार