माघ २३ २०८१, बुधवार

राप्रपामा सामाजिक सञ्जाल प्रतिबन्ध: अरू दलका पोस्टमा लाइक र कमेन्ट निषेध

Ads


काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेता तथा कार्यकर्ताका लागि सामाजिक सञ्जाल प्रयोगमा कडाइ गर्दै अरू दलका सामग्रीमा लाइक, कमेन्ट, वा रिट्विट गर्न प्रतिबन्ध लगाएको छ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले केन्द्रीय प्रचार विभागद्वारा प्रस्तावित ‘सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन कार्यविधि–०८१’ अनुमोदन गरेपछि यो व्यवस्था लागू भएको हो। यस कार्यविधिले प्रतिस्पर्धी पार्टी वा व्यक्तिका सामग्रीले पार्टीको हितमा नपर्ने विषयमा रोक लगाएको छ।

Ads

पार्टीको पद प्रयोग गरी छद्म नामबाट सामाजिक सञ्जाल चलाउन निषेध गरिएको छ। साथै, भ्रामक सामग्रीलाई निरुत्साहित गर्दै सामाजिक सञ्जालमा एकरूपता कायम गर्न राप्रपाले यो निर्णय गरेको हो। पार्टीले नेता कार्यकर्ताको गतिविधि थप मर्यादित र अनुशासित बनाउने विश्वास लिएको छ। file photo

प्रतिक्रिया

सम्बन्धित समाचार