माघ २३ २०८१, बुधवार

बालगायक सचिन परियारको निधन: प्रतिभाशाली नक्षत्र अस्तायो

Ads

 

बालगायक सचिन परियारको असामयिक निधनले सम्पूर्ण देशलाई मर्माहत बनाएको छ। सानो उमेरमै नेपाली संगीत क्षेत्रमा आफ्नो अद्वितीय पहिचान बनाउन सफल परियारको बिहीबार बिहान १० बजे टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

Ads


स्वास्थ्यमा समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका सचिनका लागि उनका परिवारले आर्थिक सहयोगको माग गरेको थियो। हास्य श्रृंखला ‘मेरी बास्सै’ मा अभिनयदेखि लोकप्रिय गीतहरू ‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, र ‘बरको छाँयाले’ सम्म, सचिनले आफ्ना कला र आत्मविश्वासले लाखौं नेपालीको मन जितेका थिए।


बाल्यकालमै चर्चाको शिखरमा पुगेका सचिनको असामयिक निधनले बाल कलाकारहरूको जीवनमा समाजको भूमिकालाई पुनः विचार गर्न बाध्य बनाएको छ। उनको सरल स्वभाव, मिठो हाँसो, र गायकत्वले हरेकलाई छोएको थियो।

Ads

सचिनको स्मृतिमा उनका गीत र अभिनय सधैं बाँचिरहनेछन्। यो क्षतिको घडीमा उनका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार