माघ २३ २०८१, बुधवार

प्रधानमन्त्री ओली: "दल फुटाउने मनसाय छैन"

Ads


काठमाडौँ, पुस २९ - प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि राजनीतिक दल फुटाउने उद्देश्य नरहेको स्पष्ट पारेका छन्। विपक्षीहरूले लगाएको आरोप खण्डन गर्दै उनले राजनीतिक दलसम्बन्धी कानुन सुधार गर्न खोजेको भए पनि दल विभाजन उनीहरूको आन्तरिक विषय भएको बताए। बालुवाटारमा नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई बधाई दिने क्रममा ओलीले पार्टी फुटाउने विधेयक ल्याउने चलन आफ्नो नभएको र आफूले दलहरूको जालझेल नगर्ने धारणा राखे।

 

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार