असार २० २०८२, शुक्रबार

इमिनेन्ट कंचनजंघा निरन्तर उत्कृष्ट, यो पटक ४ जना ४ जिपिए

Ads

 

गौरादह, झापा – असार १७।
कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टको नेतृत्वमा सञ्चालित इमिनेन्ट कंचनजंघा इङ्ग्लिस बोर्डिङ स्कुल लगातार एसईई परीक्षामा शतप्रतिशत नतिजा मात्र होइन, जिल्लामै सर्वोत्कृष्ट बन्न सफल भएको छ।

Ads

झापा गौरादह–७, ग्वालडुब्बामा अवस्थित विद्यालयले विगत १६ वर्षदेखि एसईई परीक्षामा सबै विद्यार्थी उत्तीर्ण गराउँदै आएको छ। पछिल्ला तीन वर्षदेखि भने इमिनेन्ट कंचनजंघा लगातार जिल्लाको सर्वोत्कृष्ट विद्यालय बन्न सफल भएको छ।

यो वर्ष विद्यालयका ३३ जना विद्यार्थी मध्ये ४ जनाले ४.०० जीपीए ल्याएका छन् भने २८ जनाले ए प्लस, ४ जनाले ए, र १ जनाले बी प्लस प्राप्त गरेका छन्। झापा जिल्लाभरि ३१ जना विद्यार्थीले ४ जीपीए ल्याएका मध्ये सबैभन्दा धेरै ४ विद्यार्थी यही विद्यालयका हुन्।

Ads

४ जीपीए ल्याउने विद्यार्थीहरू:

यसअघि २०७९ सालमा पनि यही विद्यालयका धनबहादुर थापाले ४ जीपीए ल्याएका थिए, सो वर्ष झापा जिल्लाबाट जम्मा दुई जनाले मात्र ४ जीपीए प्राप्त गरेका थिए। २०८० सालमा विद्यालय गौरादह नगरभरिमा प्रथम बन्दै गौरव प्राप्त गरेको थियो। त्यस अवसरमा गौरादह नगरपालिकाले विद्यालय र उत्कृष्ट विद्यार्थीलाई जनही एक–एक लाख रुपैयाँ पुरस्कारसहित सम्मानित गरेको थियो।

विद्यालयको स्थापना अमला पाण्डेले गरे पनि लामो समय नचलेर बन्द हुने अवस्थामा पुगेको थियो। त्यसपछिको समय (२०५२ साल) मा तत्कालीन समाजसेवी तथा हाल प्रदेश सभामुख विष्टले नेतृत्व लिएपछि विद्यालयले कायापलट भएको हो।

सभामुख विष्ट भन्छन्,

“विद्यालय लिँदा हामीले १० वर्षभित्र यसलाई जिल्लाकै नमुना विद्यालय बनाउने अठोट लिएका थियौँ। त्यो अठोट पूरा भएकोमा सन्तुष्टि छ।”

उहाँका अनुसार गाउँका सामान्य घरका विद्यार्थीहरू पढ्ने यो विद्यालयको शैक्षिक स्तर अहिले शहरका नामी विद्यालयहरूभन्दा पनि उत्कृष्ट बन्न पुगेको छ। यो उपलब्धिमा शिक्षक, अभिभावक र विद्यार्थीको समान श्रम र समर्पण रहेको उहाँले बताए।

विद्यालयले यस वर्ष पनि एसईईमा उत्कृष्टता हासिल गरेका विद्यार्थीहरूलाई विशेष सम्मान गरेको छ।
चार जीपीए ल्याउने विद्यार्थीहरूलाई जनही ११ हजार रुपैयाँ नगदअभिभावकहरूलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो। अन्य उत्तीर्ण विद्यार्थीहरूलाई ब्याग वितरण गरी प्रोत्साहित गरिएको थियो।

विद्यालयका अध्यक्ष विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि गौरादह नगरपालिकाका नगरप्रमुख छत्रपति सुवेदीले बोलेका थिए। उनले भने,

“इमिनेन्ट कंचनजंघा स्कुल गौरादह नगरको शान हो। यस्ता विद्यालयहरूले हाम्रो शैक्षिक भविष्य उज्यालो बनाउँछन्।”

कार्यक्रममा गौरादह क्याम्पसका अध्यक्ष योगराज दाहाल, विद्यालय संचालक इन्दिरा बस्नेत, प्रधानाध्यापक भवानीप्रसाद पाठक, विद्यार्थी प्रतिनिधि कुशल लिम्बू, स्वागत वक्ता राजेन्द्रकुमार सुवेदी, र कार्यक्रम सञ्चालक शिक्षक चुडाबहादुर भुजेल लगायतको उपस्थिति थियो।

© पर्दाफास संवाददाता, झापा

प्रतिक्रिया

सम्बन्धित समाचार