वैशाख ०४ २०८३, शुक्रबार

लायन्स क्लब अफ गौरादहद्वारा ह्याण्डओभर–टेकओभर तथा शैक्षिक सहयोग कार्यक्रम सम्पन्न

Ads

 

 

Ads

गौरादह, असार १७,२०८१ –सामाजिक क्षेत्रमा कृयाशिल संस्था  लायन्स क्लब अफ गौरादहले मंगलबार ह्याण्डओभर–टेकओभर कार्यक्रम र माध्यमिक शैक्षिक सहयोग कार्यक्रम एकै साथ सम्पन्न गरेको छ।

आफ्नै स्वामित्वमा रहेको लायन्स चिल्ड्रेन पार्क गौरादह १ मा आयोजित कार्यक्रममा लायन्स वर्ष २०२५–२०२६ का लागि क्लबको पहिलो सेवा कार्यक्रमका रूपमा समारोह आयोजना गरिएको हो । 

Ads

कार्यक्रममा लायन्स क्लब अफ गौरादहकी अध्यक्ष लायन विनिता अधिकारी कटवालले सेवा भावनाको प्रतिबद्धता जनाउँदै ‘Serve With Passion’ को बारेमा जानकारी गराइन् । 

कार्यक्रम अन्तर्गत गौरादह–१ की सन्ध्या शिव दर्जी लाई 'Hands That Help, Hearts That Care' भन्ने नारासहित उच्च माध्यमिक तहको शैक्षिक सहयोग प्रदान गरिएको थियो। 

Ads

यस कार्यक्रमले क्लबको शिक्षा क्षेत्रतर्फको योगदानलाई अझ सशक्त बनाएको आयोजकको दावी छ । 

क्लबका पदाधिकारी, पूर्व अध्यक्षहरू तथा सदस्यहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियोे । 

प्रतिक्रिया

सम्बन्धित समाचार