आश्विन १४ २०८३, बुधवार

गौरादह १ का विपन्न दीर्घ रोगीलाई स्वास्थ्य बीमा सुरु


झापा, ३ असोज । संविधान दिवसको अवसर पारेर गौरादह नगरपालिका–१ मा दीर्घ रोगबाट पीडित विपन्न परिवारलाई स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको छ।

शुक्रबार नगरप्रमुख छत्रपती सुवेदीले क्यान्सर पीडित सुमित्रा ताजपुरियाको घरमै पुगेर स्वास्थ्य बीमा कार्ड हस्तान्तरण गर्दै कार्यक्रमको सुरुआत गरे।

वडाध्यक्ष नगेन्द्र भण्डारीका अनुसार यस अभियानअन्तर्गत वडा भित्रका ४० जना विपन्न दीर्घ रोग पीडित परिवारलाई स्वास्थ्य बीमा सुविधा उपलब्ध गराइनेछ। अघिल्ला वर्षहरूमा पनि वडा कार्यालयले विपन्न परिवारको बीमा गर्दै आएको भएपनि, यसपालि विशेषतः दीर्घ रोगीलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ।

'दीर्घ रोगीलाई उपचारमा धेरै कठिनाइ देखिएकाले उनीहरूको भार कम होस् भन्ने उद्देश्यले यो कार्यक्रम अघि बढाइएको हो', वडाध्यक्ष भण्डारीले बताए।

एक परिवारलाई बीमा कार्ड हस्तान्तरण गर्दै सुरु गरिएको यो अभियान अन्तर्गत क्रमशः अन्य पहिचान भएका दीर्घ रोगी विपन्न परिवारलाई पनि समेटिने वडा कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार
भाद्र २७ २०८३,शनिबार